शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सानिमा बैंकको कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्नेलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

सोमबार, साउन २८ २०८१
सानिमा बैंकको कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्नेलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरको टिकटमा विशेष छुटको व्यवस्था गरेको छ।  

सानिमा बैंकको भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।


प्रकाशित : सोमबार, साउन २८ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend