शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा विंगरका लागि सिप्रदीले ल्यायो विशेष योजना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २८ २०८१
टाटा विंगरका लागि सिप्रदीले ल्यायो विशेष योजना

मासिक ६० हजार रुपैयाँदेखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्ने छन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको सुविधाको लागि ञटाटा विंगरको धमाकेदार अफरझ नामक योजना लिएर आएको छ।

योजना अन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ  ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर  सजिलै विंगर खरिद गर्न सकिनेछ। 

मासिक ६० हजार रुपैयाँदेखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्ने छन्। अत्यन्तै लाभदायक यो योजना यही अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ। 

हरेक दृष्टिकोणबाट ग्राहकहरुलाई सुविधा मिल्ने यो योजनाले विंगर खरिदको लागि पर्खिबसेका ग्राहकहरुलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। साथै योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रहसमेत गरेको छ। 

यसै क्रममा टाटा मोर्टसले हालै  रि(लञ्च गरेको टाटा विंगगर १३ जना यात्रु र एक जना चालकसहित बीएस सिक्स नयाँ  मोडेलको विंगर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामुलक रहेको छ। 

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलर बसर प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणी पोख्रेलले प्रदूषणलाई नियन्त्रण गर्न अत्याधुनिक बीएस सिक्स टेक्नोलोजी भएको यस गाडीमा १ सय हर्ष पावरका साथै २ सय न्यूटन मिटरको टर्क रहेको जानकारी गराए। 

साथै भ्यान सेगमेन्टकै उत्कृष्ट प्रफर्मेन्स भएको नयाँ  विंगरमा गाडी एक फाइदा अनेक रहेको समेत उनले बताए। अब मात्र २० प्रतिशतको कम डाउन पेमेन्टका साथै ६ वर्षे किस्तावन्दीको सुविधासहित ६० हजारदेखिको मासिक सरल किस्तामा टाटा विंगर सबैले खरिद गर्न सक्ने उनको भनाइ छ। 

नेपाली कमर्सियल भेइकल जगतमा टाटा मोटर्स सर्वाधिक लोकप्रिय कम्पनी हो। जसले आफ्नो सम्पूर्ण कमर्सियल गाडीहरूमा विभिन्न योजनाहरु मार्फत ग्राहकहरुलाई लाभान्वित गराउँदै आइरहेको छ।


प्रकाशित : सोमबार, साउन २८ २०८११७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend