शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्ला, अउडी र पोर्साका गाडी खरिदमा महालक्ष्मी विकास बैंकले फाइनान्स सुविधा दिने, बैंक र अरेट इन्टरनेसनलबीच समझदारी

सोमबार, साउन २८ २०८१
टेस्ला, अउडी र पोर्साका गाडी खरिदमा महालक्ष्मी विकास बैंकले फाइनान्स सुविधा दिने, बैंक र अरेट इन्टरनेसनलबीच समझदारी

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्साजस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।

काठमाडौं- महालक्ष्मी विकास बैंकमार्फत टेस्ला, अउडी तथा पोर्सालगायतका विलासी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंक र नेपालका लागि टेस्ला, अउडी तथा पोर्सा गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेट इन्टरनेसनल प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्साजस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशतसम्मको कर्जा बैंकले प्रदान गर्नेछ। 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्नेछन्। 

सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।

साथै २०८० पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ। 


प्रकाशित : सोमबार, साउन २८ २०८११६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend