सोमबार, असोज १४ गते २०८१    
images
images

हिमालय एयरलाइन्सले पुन: कुवेत उडान गर्ने

images
सोमबार, साउन २८ २०८१
images
images
हिमालय एयरलाइन्सले पुन: कुवेत उडान गर्ने
images
images

काठमाडौं- अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले कुवेत उडान गर्ने भएको छ। एयरलाइन्सले अगस्ट २० बाट उडान सुरु गर्न लागेको हो।

images
images
images

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नो सीधा उडान पुन: सञ्चालन गर्न लागेको जनाएको छ।

पुनः  उडानले दुई राष्ट्रका नागरिक- नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सको दाबी छ।

एयरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्टपार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ। सुरुमा सातामा एक उडान गर्ने र मागको आधारमा उडानहरू थप्ने योजना  एयरलाइन्सले जनाएको छ। 

images

काठमाडौं-कुवेत रातको १२:४० बजे उडान भरेर स्थानीय समयअनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

त्यसैगरी कुवेत-काठमाडौं उडान स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्ने छ।


प्रकाशित : सोमबार, साउन २८ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend