शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पन्च ईभीको प्रि बुकिङ भोलिदेखि

आइतबार, साउन २७ २०८१
पन्च ईभीको प्रि बुकिङ भोलिदेखि

पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भोलिदेखि बहुप्रतिक्षित पन्च ईभीको प्रि बुकिङ खुला गर्ने जानकारी गराएको छ।

योसँगै ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रि बुकिङ गर्न सक्नेछन्। प्रि बुकिङ गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ।

उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ। साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ।

कम्पनीका अनुसार एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ। १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प-ओभर एंगल्सलगायतका विशेषताहरु रहेका छन्। यसका साथै यस गाडीमा ९०-डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिकरुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ। यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको छ।

पन्च ईभी आधुनिक ग्राहकहरुको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ। यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभइ समग्र टाटा ब्राण्डको ईभी पोर्टफोलियोमा नँया आयाम थपेको छ।

पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।  


प्रकाशित : आइतबार, साउन २७ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend