बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अर्थ मन्त्रालयको बजेटमा नेपाल, अन्तर्राष्ट्रिय समन्वयमा शर्मा

आइतबार, साउन २७ २०८१
अर्थ मन्त्रालयको बजेटमा नेपाल, अन्तर्राष्ट्रिय समन्वयमा शर्मा

नेपाल यसअघि लामो समयदेखि अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखका रुपमा कार्यरत थिए। भन्सार विभाग लगायतका प्रदेश सरकारमा पनि काम गरिसकेका नेपालका लागि बजेट महाशाखाको अनुभव पनि हुने भएकाले बजेटमा पठाइएको हो।

काठमाडौं- अर्थ मन्त्रालयभित्र दुई महाशाखा प्रमुख परिवर्तन भएका छन्। मन्त्रालयमै रहेका दुईजना सहसचिवलाई महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरिएको हो।

मन्त्रालयको बजेट महाशाखामा श्रीकृष्ण नेपाललाई प्रमुखको जिम्मेवारी दिइएको छ। नेपाल यसअघि लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखका रुपमा कार्यरत थिए। भन्सार विभागलगायतका प्रदेश सरकारमा पनि काम गरिसकेका नेपालका लागि बजेट महाशाखाको अनुभव पनि हुने भएकाले बजेटमा पठाइएको हो।

त्यस्तै मन्त्रालयको राजस्व व्यवस्थापन महााशाखामा रहेका धनिराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाइएको छ। यसअघि एकपटक थोरै समयमात्र सो महाशाखामा काम गरेका शर्माले कर कार्यालयबाहेक प्रदेशको आर्थिक मामिला मन्त्रालयमा काम गरिसकेका छन्। अर्थभित्रै राजस्व व्यवस्थापन, बजेट जस्ता महााशखामा अनुभव भए पनि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा भने खासै काम गर्न पाएका थिएनन्।

मन्त्रालय मातहतका अन्य निकाय र मन्त्रालयभित्रकै अन्य सहचसिवको सरुवा भने भएको छैन। सरकार गठन भएको लामो समय भइसक्दा पनि सहसचिवको सरुवा नहुँदा अन्यौलको वातावरण सिर्जना भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले विभागीय प्रमुखहरूलाई जिम्मेवारीमा हुँदा र राम्रो काम गर्दासम्म कसैलाई सरुवा नगरिने आश्वासन दिएपनि सरुवाको भयमा कतिपयले कामै गरेका छैनन्। 


प्रकाशित : आइतबार, साउन २७ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend