शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आजदेखि सुरु भएको सुजुकीको 'मनसुन फ्रि सर्भिस क्याम्प' साउन २७ सम्म चल्ने, यस्ता छन् सेवासुविधा

आइतबार, साउन २७ २०८१
आजदेखि सुरु भएको सुजुकीको 'मनसुन फ्रि सर्भिस क्याम्प' साउन २७ सम्म चल्ने, यस्ता छन् सेवासुविधा

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्‌सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले 'मनसुन फ्रि सर्भिस क्याम्प' आयोजना गर्ने भएको छ।

'किप योर कार इन टप सेप एण्ड लेट दि मनसुन बी एन एडभेन्चर' भन्ने नारासहित कम्पनीले आइतबार अर्थात साउन २७ देखि २९ गतेसम्मका लागि फ्रि सर्भिस क्याम्प योजना ल्याएको हो।

लगातार परिरहेको भारी वर्षाका कारण सवारीसाधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने हुँदा ग्राहकका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसेसोरिज प्याकेज पनि जित्न सक्नेछन्। 

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट र लेवर चार्जमा २० प्रतिशतसम्मको छुट तथा स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट ग्राहकले पाउने कम्पनीले जनाएको छ।

सुजुकीको 'मनसुन फ्रि सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ।

५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको कम्पनीको दाबी छ।


प्रकाशित : आइतबार, साउन २७ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend