बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

शिवम् सिमेन्टको खुद नाफा ५७.९३ प्रतिशतले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २७ २०८१
शिवम् सिमेन्टको खुद नाफा ५७.९३ प्रतिशतले घट्यो

काठमाडौं- शिवम् सिमेन्टको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशत घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँमा कायम भएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सञ्चालन आम्दानी भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। जुन अघिल्लो आवको भन्दा ०.५८ प्रतिशतले कम हो।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशतले घटेर १ अर्ब ३ करोड ४८ लाख रुपैयाँमा कायम भएको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। 

यस्तै कम्पनीको अन्य आम्दानी ४५.४१ प्रतिशत घटेर १९ करोड ८५ लाख ४७ हजार रुपैयाँमा कायम गरेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेर ९५ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।


प्रकाशित : आइतबार, साउन २७ २०८११२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend