शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २२ २०७८
images
images
हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका बताए।  

images
images

नवलपुर- एक दशक अगाडि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ। हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ।

images
images
images

जिल्लाको हुप्सेकोट गाउँपालिका-५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो। एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ। टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा बढी मारमा विद्यार्थी परेका मगरले बताए।  

images

भएका स्रोतको सदुपयोगसहित उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका हुन्। उक्त परियोजनाको मर्मत सम्भारका लागि प्रदेश सरकारबाट सहयोग हुने र आफूहरु पनि मर्मत सम्भारका लागि छलफलमा जुटिरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए। धौवादीको डाँडास्थित रुद्रपुरमा विसं २०६८ मा एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा हावाबाट बिजुली निकालिएको थियो। 

images

दुई करोड बढीको लागतमा सञ्चालित परियोजनाबाट हावाका माध्यमले १० किलोवाट विद्युत् तथा सौर्य ऊर्जाबाट दुई किलोवाट विद्युत् गरी सो स्थानमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो। संरचनाको उचित मर्मतसम्भार नगर्दा अहिले भने हावाबाट निकालिएको बिजुली बन्द भएको छ। हावाबाट बिजुली सञ्चालन हुँदा सो क्षेत्रमा उज्यालोका साथै पर्यटकीय केन्द्रका रुपमा समेत विकास भएको थियो। 

स्थानीवासीका अनुसार हावाबाट बिजुली निकाल्नका लागि टर्वाइनमा जडान गरिएको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिन्थ्यो। यहाँ फोटो खिच्न तथा हावाबाट निकालिएको बिजुली अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो। रुद्रपुरका मीनबहादुर राना मगरले हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकको आगमनमा वृद्धि हुने बताए। 

परियोजना सञ्चालन भएपछि केही वर्ष उक्त स्थानमा क्षमताअनुसारको विद्युत् उत्पादन भएकाले यहाँका बासिन्दाले चौबीसैँ घण्टा विद्युत्को प्रयोग गर्न पाएका थिए। धौवादी डाँडामा हावाबाट उत्पादन भएको विद्युत्का कारण रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र स्थानीय ४२ घरधुरी लाभान्वित भएका थिए। हावाबाट विद्युत् उत्पादन हुँदा टेलिभिजन हेर्न, रेडियो सुन्न तथा मोबाइल चार्ज मिल्ने गरेको भए पनि अहिले स्थानीयवासी यी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन्।  रासस


प्रकाशित : बिहीबार , पुस २२ २०७८०५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend