बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आँखुखोला जलविद्युत कम्पनीका सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर आवेदन खुला

आइतबार, साउन २७ २०८१
आँखुखोला जलविद्युत कम्पनीका सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर आवेदन खुला

काठमाडौं- आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आजदेखि १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ। असार ३१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। हकप्रद सेयरमा २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ। हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।


प्रकाशित : आइतबार, साउन २७ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend