सोमबार, वैशाख १ गते २०८२     २० : ३४ : १२
सोमबार, वैशाख १ २०८२
images
images

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
images
सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न
images
images

काठमाडौं- विगत १८ वर्षदेखि गुणस्तरिय एवं सुरक्षित बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरूमाझ सचेतना जगाउनको लागि वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ।

images
images
images

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स (स्ट्राटेजिक ग्रोथ एण्ड अपरेशनल एक्सलेन्स अन्फरेन्स) का बीच सो भिडियो सार्वजनिक गरेका हुन्।

images
images

बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ। विभिन्न बाहानामा ग्राहकहरूसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढि रहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधीहरूको न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ। 

images
images

स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू, तथा बैंकका उच्च व्यवस्थापनको समुह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गरेका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन २५ २०८११५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend