शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सले ल्यायो 'श्रावणमै दशैँ' अफर

बिहीबार , साउन २४ २०८१
टाटा मोटर्सले ल्यायो 'श्रावणमै दशैँ' अफर

कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले श्रावणमै दशैँ कार्यक्रम आयोजना गर्न लागेको छ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिनेछ।

कम्पनीका अनुसार ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको थापाथलीलगायत देशैभरि रहेका शोरुमहरुमा यही साउन २५ देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रममा निःशुल्करुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायतका सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै यस कार्यक्रममा सहभागी भइ नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ।


प्रकाशित : बिहीबार , साउन २४ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend