बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

बिहीबार , साउन २४ २०८१
ग्लोबल आईएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

बैंकका ग्राहकहरुले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। 

समझदारीमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन्।

उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्टको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 

बैंकका ग्राहकहरुले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन्।

मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


प्रकाशित : बिहीबार , साउन २४ २०८११४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend