शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार , साउन २४ २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार तोलामा तीनसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ६ सय रूपैयाँ पुगेको छ।

काठमाडौं- लगातार दुईदिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो लागेको छ।

बिहीबार तोलामा तीनसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ६ सय रूपैयाँ पुगेको छ।

सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेर मंगलबार एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले घटेको सुनको मूल्यमा बुधबार प्रतितोला एक हजार चारसय रूपैयाँले गिरावट आएको थियो।

बुधबार सुन प्रतितोला एक लाख ४६ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने बिहीबार प्रतितोला २० रूपैयाँले घटेको छ। 

आइतबार तोलामा १० रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ६० रूपैयाँले घटेको थियो। बुधबार पुन: नेपाली बजारमा प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार पनि ओरालोतिरै लागेको हो।

चाँदी बिहीबार प्रतितोला एक हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , साउन २४ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend