मंगलबार, असोज १५ गते २०८१    
images
images

नेपाली आकाशमा ४५ वर्षमा ४१ हेलिकोप्टर दुर्घटना, ९८ जनाको निधन

images
बुधबार, साउन २३ २०८१
images
images
नेपाली आकाशमा ४५ वर्षमा ४१ हेलिकोप्टर दुर्घटना, ९८ जनाको निधन
images
images

काठमाडौं- नेपाली आकाशमा ४५ वर्षमा ४१ वटा हेलिकोप्टर दुर्घटनामा परेका छन्। जसमा ९८ जनाको निधन भएको छ। 

images
images
images

बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडानका क्रममा नुवाकोट सूइरेचौरमा एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर दुर्घटनामा परेको छ। जुन नेपाली आकाशमा भएको ४१ औँ दुर्घटना हो। 

नेपाली आकाशमा सबैभन्दा पहिलो हेलिकोप्टर दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा लाङटाङमा भएको थियो। भीभीआईपी सवार उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए। 

images

यसअघि २०८० असोज २७ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो। लुक्लाबाट उडेको हेलिकोप्टर लोबुचेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका थिए। उनको उपचारको क्रममा पछि निधन भयो।

images

२०८० साल असारमा मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना हुँदा वरिष्ठ पाइलट चेतबहादुर गुरुङसहित ५ मेक्सिकन पर्यटकको निधन भएको थियो।

२००६ सेप्टेम्बरमा सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकोप्टर दुर्घटनामा पर्दा २४ जनाको ज्यान गएको थियो। जुन नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा सबैभन्दा धेरैको ज्यान गएको घटना हो। ज्यान जानेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केलगायतका व्यक्तिहरू रहेका थिए। 

यस्तै २०१५ मे महिनामा भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा चरीकोटनजिकै दुर्घटनाग्रस्त भएको थियो। जसमा ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको थियो। 

२०१८ सेप्टेम्बरमा गोर्खाबाट काठमाडौं आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित अन्य पाँचजनाको ज्यान गएको थियो। 

२०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो। 

helicopter accident.jpg
नेपाली आकाशमा भएको हेलिकोप्टर दुर्घटना। यसमा पछिल्ला दुई दुर्घटना समावेश छैन।


प्रकाशित : बुधबार, साउन २३ २०८११६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend