बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको उड्डयन प्राधिकरणको पुष्टि

images
बुधबार, साउन २३ २०८१
images
images
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको उड्डयन प्राधिकरणको पुष्टि
images
images

काठमाडौं- काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडानमा सम्पर्कविहीन भएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

images
images

हेलिकोप्टर उडान गरेको तीन मिनेटपछि काठमाडौं टावरसँग सम्पर्कविच्छेद भइ शिवपुरी गाउँपालिका-७ सूइरेचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकोप्टर कम्पनीको नाइन एन-एएनएल हेलिकोप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ' नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

images
images

हेलिकोप्टरमा चारजना चिनियाँ यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन्। चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सी सवार रहेका छन्। हेलिकोप्टरमा पाइलट अरुण मल्ल रहेका छन्। 

images
images

हलिकोप्ट दुर्घटनामा परेको आशंका गरिएको छ। निरौलाका अनुसार हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकोप्टर नुवाकोटको सूइरेचौरपछि सम्पर्कमा नआएको बताइएको छ।

शिवपुरी गाउँपालिका-७ स्थित शिवपुरी जंगलको सूइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिएका छन्।

 


प्रकाशित : बुधबार, साउन २३ २०८११५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend