मंगलबार, असोज १५ गते २०८१    
images
images

एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्कविहीन

images
बुधबार, साउन २३ २०८१
images
images
एयर डाइनेस्टीको हेलिकोप्टर सम्पर्कविहीन
images
images

काठमाडौं- काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको ९ एन-एजेडी हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

images
images
images

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकोप्टर नुवाकोटको सूइरेचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ।

हेलिकोप्टर चारजना यात्रु र एकजना पाइलटसहित पाँच जना सवार रहेका थिए। यात्रु चारैजना चिनियाँ नागरिक रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। चिनियाँ यात्रुहरू जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सी सवार रहेका छन्। 

images

शिवपुरी गाउँपालिका-७ स्थित शिवपुरी जंगलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिएका छन्।

images


प्रकाशित : बुधबार, साउन २३ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend