बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातारको वृद्धिबीच एकदिन घटेर सेयर बजार पुन: उचाइतर्फ, १७ अर्ब ९५ करोडको कारोबार

बुधबार, साउन २३ २०८१
लगातारको वृद्धिबीच एकदिन घटेर सेयर बजार पुन: उचाइतर्फ, १७ अर्ब ९५ करोडको कारोबार

काठमाडौं- बढ्दो क्रममा रहँदा मंगलबारको कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुन: उछाल देखिएको छ। 

बुधबार १०८.३५ अंकले बढेर बजार २७५९.६७ बिन्दुमा पुगेको छ। बुधबार २ सय ३९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ। तीन कम्पनीको मात्र सेयर मूल्य घटेको छ। 

मंगलबार १४५.०५ अंकले घटेको बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो।

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। मंगलबारको बजार वृद्धितर्फ जानुअघिको विश्रामको रुपमा अर्थ्याएका विश्लेषकहरूले बुधबार पुन: बजारले उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको छ। यो साता पहिलो कारोबारमा सोमबार ४०.७६ अंकले बढेर बजार २७९६.३८ बिन्दुमा पुगेको थियो। जहाँ २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संगठित लगानीकर्ताहरूले बताइरहेका छन्। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन २३ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend