शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, साउन २३ २०८१
प्रतितोला एक हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ।

सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेर मंगलबार एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले घटेको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको हो। बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार तीनसय रूपैयाँ तोकिएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार सातसय रूपैयाँ कायम थियो।

सोमबार सुन प्रतितोला तीनसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो। यो साता आइतबार भने सुनको मूल्य तोलामा दुईसयले घटेको थियो।

चाँदीको मूल्यमा पनि यो साता लगातार गिरावट आएको छ। 

आइतबार तोलामा १० रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ६० रूपैयाँले घटेको थियो। बुधबार पुन: नेपाली बजारमा प्रतितोला १५ रूपैयाँले चाँदी सस्तिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार सातसय १० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार सातसय २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन २३ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend