बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

प्रतितोला एक हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बुधबार, साउन २३ २०८१
images
images
प्रतितोला एक हजार चारसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले घटेको छ।

images
images

सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेर मंगलबार एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले घटेको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको हो। बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार तीनसय रूपैयाँ तोकिएको छ।

images
images

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार सातसय रूपैयाँ कायम थियो।

images
images

सोमबार सुन प्रतितोला तीनसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो। यो साता आइतबार भने सुनको मूल्य तोलामा दुईसयले घटेको थियो।

चाँदीको मूल्यमा पनि यो साता लगातार गिरावट आएको छ। 

आइतबार तोलामा १० रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ६० रूपैयाँले घटेको थियो। बुधबार पुन: नेपाली बजारमा प्रतितोला १५ रूपैयाँले चाँदी सस्तिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार सातसय १० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार सातसय २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, साउन २३ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend