बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

२२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै माइक्रो इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

बुधबार, साउन २३ २०८१
२२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै माइक्रो इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता सेयर प्रतिसेयर अंकित मूल्य १०० का दरमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गर्नेगरी सम्झौता गरिएको जनाएको छ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

न्यून आय भएका एवम् पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्‍याउने लक्ष्यका साथ कम्पनीले स्थापनाकालदेखि नै लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बुधबार, साउन २३ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend