आइतबार, असोज २० गते २०८१    
images
images

सुस्तामा झोलुङ्‍गे पुल, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २३ २०८१
images
images
सुस्तामा झोलुङ्‍गे पुल, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गइ आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा छ। यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट‐सुस्ता-पश्चिम ) स्थित नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्‍गे पुल निर्माण भएको छ। 

images
images
images

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन्।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए। 

images

उहाँका अनुसार २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ। 

images

सुुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए। 'पुल निर्माणपछि हामी सबै उत्साहित छौँ। हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन्। अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ', उनले भने, 'पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गइ आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ।'

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो। यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका-१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका-६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्‍गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो। उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ।

पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्‍गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउँछन्।

'सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे। अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ। हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ', उनले आशा व्यक्त गरे। 

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ। पुल अवलोकनका लागि आउने युवायुवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताए। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend