बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबी त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

मंगलबार, साउन २२ २०८१
ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबी त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

यसैगरी, जापान गएपश्चात् विद्यार्थीहरुले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्।

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो। समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ। 

यसैगरी, जापान गएपश्चात् विद्यार्थीहरुले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्। 

मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, साउन २२ २०८११७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend