मंगलबार, असोज १५ गते २०८१    
images
images

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

images
मंगलबार, साउन २२ २०८१
images
images
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

बैंकले नयाँ-नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

images
images

काठमाडौं- नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने भएका छन्।

images
images
images

मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे।

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले एनबैंक (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।

images

बैंकले नयाँ-नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

images

सम्झौतामा हस्ताक्षर गर्दै बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिनसक्ने बताए। उनले भने, 'डिजिटाइजेसनमा महत्वपूर्ण योगदान दिँदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’ 

नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले भने, 'नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।’ उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ईसेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्। यो सेवा सुरु भएपछि नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २ सय ६८ शाखा र ३ सय १६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको र नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, साउन २२ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend