शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जेएसडब्लूसँगको साझेदारीपछि एमजीले ल्याउँदै पहिलो विद्युतीय सीयूभी ‘विन्डसर’

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २२ २०८१
जेएसडब्लूसँगको साझेदारीपछि एमजीले ल्याउँदै पहिलो विद्युतीय सीयूभी ‘विन्डसर’

सार्वजनि गर्नै लागेको मोडल एमजीको भारतमा बनेको विद्युतीय पहिलो क्रसओभर युटिलिटी भेइकल (सीयूभी) हो। उक्त कारको नाम ‘विन्डसर’ राखेको छ।

काठमाडौं- बेलायती ब्रान्ड एमजी मोटर्सले भारतमा आक्रामक बजार विस्तारका लागि व्यवसारिक समूह जेएसडब्लूसँग साझेदारी गरेको हो। एमजी र जेएसडब्लूले भारतमा उत्पादन हुने कारहरुको लामै सूची तयार पारिसकेका छन्। 

दुई कम्पनीबीचको साझेदारी पछि बनेको जेएसडब्लू एमजी मोटर इन्डियाले नयाँ विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सार्वजनि गर्नै लागेको मोडल एमजीको भारतमा बनेको विद्युतीय पहिलो क्रसओभर युटिलिटी भेइकल (सीयूभी) हो। उक्त कारको नाम ‘विन्डसर’ राखेको छ। 

सीयूभीलाई आइकोनिक आर्किटेक्चरल मास्टरपिस र शाही सम्पदाको प्रतीक-विन्डसरबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। 

एमजी विन्डसरले सटिक कारिगढी, उत्कृष्टता र शाहीपनप्रतिको प्रतिबद्धतालाई उदाहरणको रुपमा उदाउने दाबी कम्पनीले गरेको छ। कारको प्रभावसाली डिजाइनसँगै प्रत्येक पक्ष प्रिमियम गुणस्तर र विलासितालाई प्रतिविम्बित गर्ने गरी सटिक रूपमा तयार पारिएको एमजी मोटर्सले जनाएको छ। 

एमजी विन्डसरले पनि उन्नत प्रविधि प्रस्तावसहित क्लासिक शैलीलाई व्यक्त गर्दछ। जसरी विन्डसर कासलले आराम, शैली र प्रतिष्ठाको जीवनशैलीलाई प्रतिनिधित्व गर्दछ, एमजी विन्डसर पनि मूल्य र वर्ग दुवै खोज्ने उपभोक्ताका लागि प्रिमियम प्रस्तावको रूप ल्याउने छ। 

सीयूभीलाई अटोमोटिभ उद्योगमा आधुनिक चमत्कारको रूपमा पहिचान गर्न डिजाइन गरिएको हो, जसले आराम, शैली र प्रविधिको सारलाई समेट्ने जिकिर कम्पनीले गरेको छ। यो सीयूभीमा एरोडायनामिक डिजाइनका साथै फराकिलो इन्टेरियर दिइएको छ।

यी गुणले यो कारलाई भिडभाडयुक्त सडक र साना सहरका साँघुरा ठाउँमा चलाउन सहज बनाउने दाबी गरिएको छ।

एमजीका विद्युतीय कार नेपाली बजारमा पनि लोकप्रिय छन्। पारामाउन्ट मोटर्सले आधिकारिक बिक्रेताको रुपमा बिक्री गर्दै आएको एमजीको जेडएस ईभी, एमजी फोर ईभी र कोमेट ईभी उपलब्ध रहेको छ। सर्भिस र चार्जिङ पूर्वाधार विस्तारलाई पारामाउन्ट मोटर्सले प्राथमिकता दिएको छ। 


प्रकाशित : मंगलबार, साउन २२ २०८११६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend