बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

मंगलबार, साउन २२ २०८१
सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा आफ्ना ग्राहकलाई छुटको व्यवस्था गरेको छ। 

ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले छुट सम्झौता गरेको हो।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले ग्राहकलक्षित यस्ता सुविधाजनक अफरहरु ल्याएर डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट पनि हेर्न सकिन्छ। 

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : मंगलबार, साउन २२ २०८११३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend