शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले घट्यो

मंगलबार, साउन २२ २०८१
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन प्रतितोला दुई हजार तीनसय रूपैयाँले घट्यो

मंगलबार सुनको मूल्यमा प्रतितोला दुई हजार तीनसय रूपैयाँले गिरावट आउँदा चाँदी प्रतितोला ६० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ भने चाँदीको मूल्य पनि घटेको छ।

यो साता आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेर सोमबार प्रतितोला तीनसय रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार तीनसय रूपैयाँले घटेको हो।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार सातसय रूपैयाँ तोकिएको छ।

सोमबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।

सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ६० रूपैयाँले घटेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार सातसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, साउन २२ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend