बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

डलरको मूल्यमा रेकर्ड, आयात गरिने सामान महँगो हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २२ २०८१
डलरको मूल्यमा रेकर्ड, आयात गरिने सामान महँगो हुने

काठमाडौं- डलरको मूल्यमा पुनः रेकर्ड बनेको छ। मंगलबार डलरको मूल्यले गत शनिबार बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो। यसले आयात गरिने सामानको मूल्य नेपालमा महँगो हुन सक्छ। 

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत शनिबार अर्थात साउन १९ गते डलरको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा र खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर भएको हो।

मंगलबार युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।


प्रकाशित : मंगलबार, साउन २२ २०८११०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend