बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

सीजी मोटर्सद्वारा एकैपटक २५ वटा किङलङ १४ सिटर विद्युतीय भ्यान हस्तान्तरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
images
images
सीजी मोटर्सद्वारा एकैपटक २५ वटा किङलङ १४ सिटर विद्युतीय भ्यान हस्तान्तरण

सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा सम्पूर्ण सीजी मोटर्स परिवार अत्यन्तै हर्षित भएको बताए।

images
images

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङलङ १४ सिटर विद्युतीय भ्यान एकैपटक २५ वटा हस्तान्तरण गरेको छ।

images
images

कम्पनीले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालीलाई एकैपटकमा २५ वटा किङलङ १४ सिटर विद्युतीय माइक्रो भ्यान हस्तान्तरण गरेको हो।

images
images

यातायात व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

images
images

सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा सम्पूर्ण सीजी मोटर्स परिवार अत्यन्तै हर्षित भएको बताए।

सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालीलाई गाडी हस्तान्तरण गर्दैगर्दा बजारमा प्रचलित डिजेल भ्यानहरुसँग तुलना नै गर्ने हो भने विद्युतीय माइक्रो भ्यानहरुले अत्याधिक खर्चहरु पूर्ण रुपमा कटौती गरी धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको उनको भनाइ छ। प्रति किलोमिटरको अपरेटिङ कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँभन्दा पनि कम हुन आउँछ जसकारण हाम्रो यातायात व्यवसायीहरुले न्युनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ पाण्डेले बताए। 

किङलङ १४ सिटर विद्युतीय कमर्सियल भेहिकलमा ५०‍.२३ किलाेवाट आवरको ब्याट्री उपलआध छ। यसका साथै उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसीजस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्नमात्र ४५ मिनेटमा गर्न सकिन्छ।

ग्राहकहरूको मागअनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौंमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।


प्रकाशित : सोमबार, साउन २१ २०८११४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend