शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उबरमा एक लाख बीवाईडी कार सामेल हुने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
उबरमा एक लाख बीवाईडी कार सामेल हुने

उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रबिधीका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

काठमाडौं- चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ। यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो ।

उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिनसमेत यी दुई कम्पनीबिच सम्झौता भएको छ। साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमती भएको छ।

उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रबिधीका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुत उवरसंग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन्।

यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन्।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ। मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८११४:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend