शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

काठमाडौं- नेपालमा ३९  वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड  गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो पार्टनर मिट सम्पन्न भएको छ। 

सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो। 

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समिक्षा गरी आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ। 

कम्पनी, सरोकारवाला र ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाइ, प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन। सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताए। साझेदारहरुको सम्बन्धलाई अझै मजबुत बनाइ राख्न र टिम हरदम तयार र प्रतिबद्ध बताए। 

कम्पनीको क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको  ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गगरिरहेको उनले बताए। यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउने विश्वास उनले दिलाए। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।


प्रकाशित : सोमबार, साउन २१ २०८११४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend