बुधबार, असोज १६ गते २०८१    
images
images
निगममा कार्यकारी अध्यक्ष अधिकारीको 'कमिसन खेल'

३ सय १३ दिनदेखि निगमको न्यारोबडी जहाजमा भाडाको इन्जिन, दैनिक ९ लाख क्षति

नोभेम्बर ३० मा बिग्रिएको इन्जिन इजरायल लगेर थन्काएको सयदिन पूरा

images
सोमबार, साउन २१ २०८१
images
images
३ सय १३ दिनदेखि निगमको न्यारोबडी जहाजमा भाडाको इन्जिन, दैनिक ९ लाख क्षति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले नोभेम्बर ३० देखि अप्रिल २८ सम्म जहाज ग्राउन्डेड हुँदा कम्तिमा १ अर्ब रूपैयाँभन्दा बढी निगमलाई क्षति भएको निष्कर्ष निकालिसकेको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कल साइन नाइन एन एकेएक्स ए३२० जहाजमा ३ सय १३ दिनदेखि भाडाको इन्जिन प्रयोग भइरहेको छ। २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतमा लापरबाही भइरहेको छ।

images
images
images

नोभेम्बर ३० मा जहाजको इन्जिनमा समस्या आएपछि जहाज २०२४ को अप्रिलसम्म जहाज नै ग्राउन्डेड भएको थियो। उक्त समयमा जहाज ग्राउन्डेड हुँदा १ अर्ब ५१ करोड रूपैयाँ क्षति भएको निगमको आन्तरिक अध्ययनबाट नै देखिएको छ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले नोभेम्बर ३० देखि अप्रिल २८ सम्म जहाज ग्राउन्डेड हुँदा कम्तिमा १ अर्ब रूपैयाँभन्दा बढी निगमलाई क्षति भएको निष्कर्ष निकालिसकेको छ।

images

समितिको रिपोर्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको छ। यता भाडाको इन्जिनमा निगमले दैनिक ९ लाख रूपैयाँ खर्च गरिरहेको छ। तर इन्जिन भने इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)मा थन्किएको छ।

images

नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि २०२४ को अप्रिल २८ मा झिकेर कम्पनीलाई दिइएको थियो। ६५ दिनमा इन्जिन मर्मत गरेर दिने गरी सम्झौता भएपनि इन्जिन मर्मतको अवस्था निगमलाई नै थाहा छैन। अप्रिल २८ बाट भाडाकै इन्जिन प्रयोग गर्दा निगमको ९ करोड खर्च भइसकेको छ।

तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मतमा कुनै चासो दिएका छैनन्। अधिकारीले एउटै कम्पनीलाई इन्जिन मर्मत तथा भाडाको इन्जिन लिने गरी आर्थिक लाभ लिँदै सम्झौता गरेका कारण इन्जिन मर्मतमा ढिलासुस्ती भएको छ। इजरायलको कम्पनीलाई इन्जिन मर्मत ढिला गरेपनि भाडाको इन्जिनबाट कमाइ भइरहेको छ। जसका कारण उसले कुनै पनि इन्जिन समयमा नै मर्मत गरेको छैन। 

कलसाइन नाइन एन एकेएक्स जहाजमा इन्जिन भाडाको भाडाको च्रक

नाइन एन एकेएक्स जहाज २०२३ को जुन २० एउटा इन्जिनमा समस्या आएर जहाज ग्राउन्डेड भयो। त्यसपछि मात्रै अधिकारीले इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कम्पनी छनोट प्रक्रिया सुरु गरे। जुन सुकै एयरलाइन्सले इन्जिन मर्मतका लागि पहिले नै कम्पनी छनोट गरेर राखेको हुन्छ।

तर अधिकारीले हतार हतारमा कम्पनी छनोटमा कमिसन बढी लिन सोहीअनुसार काम थाले। अधिकारीले सेटिङमा नै 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)सँग इन्जिन मर्मत तथा भाडामा लिने गरी सम्झौता गरे। जुन २० मा बिग्रिएको इन्जिन मर्मतका लाग सेप्टेम्बर २८ मा इजरायल लगेर छोडियो।

इन्जिन मर्मतका लागि छोडेर उही कम्पनीसँग अधिकारीले दैनिक २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलरको दरमा इन्जिन भाडामा लिएर जहाज उडानमा ल्याए। इन्जिन ६५ दिनमा मर्मत गरेर दिन गरी सम्झौता भयो। भाडाकै इन्जिनको भरमा उडान सुरु गरेको सोही जहाजको अर्को इन्जिनमा फेरि समस्या आयो।

जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड भयो। सेप्टेम्बर २८ मा दिएको इन्जिन मर्मतमा लापरबाही भएको भए उक्त समयमा इन्जिन मर्मत भएर निगमले पाउनुपर्ने थियो। तर इन्जिन मर्मत नभएका कारण जहाज ग्राउन्डेड भयो। इन्जिन बिग्रिएपछि भाडामा इन्जिन दिनुपर्ने कम्पनीले थप अर्को भाडाको इन्जिन निगमलाई दिएन।

किनकी जहाज पहले नै एउटा इन्जिन भाडाको प्रयोग भएको थियो। जहाज त्यसपछि २०२४ को अप्रिल २८ सम्म इजरायल नै लगेर थन्काइयो। २०२३ को जुन २० मा बिग्रिएको र सेप्टेम्बर २८ मा मर्मतका लागि दिएको इन्जिन मर्मत गरेर कम्पनीले दियो। उक्त इन्जिन नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर उक्त ठाउँमा मर्मत इन्जिन हालियो।

सेप्टेम्बर २८ देखि भाडामा लिइएको इन्जिन यथावत नै राखेर जहाज उडानमा ल्याइयो। नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर निगमको जहाज आयो। उक्त इन्जिन मर्मतका लागि छोडेर आएको साउन २१ गतेसम्म १ सय दिन पूरा भएको छ। तर इन्जिन मर्मत कहिले हुन्छ कुनै जानकारी निगमलाई नै थाह छैन। तर यता भाडाको इन्जिनमा दैनिक ९ करोड रूपैयाँ खर्च भइरहेको छ। 


प्रकाशित : सोमबार, साउन २१ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend