बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

सोमबार, साउन २१ २०८१
एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

यस अवधिमा बैंकको आधार दर १० दशमलव ३७ प्रतिशतबाट घटेर ८ दशमलव ४२ प्रतिशतमा झरेको छ। यसले आगामी दिनमा बैंकबाट कर्जा लिँदा ब्याजदर थप सस्तो पर्नेछ।

काठमाडौं- एनएमबि बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ। गत आर्थिक वर्षको नाफा घट्दा बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा पनि घटेको छ।

बैंकले गत आर्थिक वर्ष २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष ३ अर्ब २२ करोड थियो। गत आर्थिक वर्षको खुद नाफाबाट डिबेन्चर, उठ्न बाँकी ब्याज, नउठेको सावाँ ब्याजको प्रोभिजन समायोजन गर्दा गत आर्थिक वर्ष बाँड्न मिल्ने नाफा ९४ करोडमा सीमित भएको छ।

बाँड्न मिल्ने नाफामा अघिल्लो आर्थिक वर्षको कमाइ १ अर्ब १४ करोड थपिए पनि त्यसमा एफपीओबापतको कर १ अर्ब ८४ करोड तिर्दा गत आर्थिक वर्ष सेयरधनीलाई बाँड्न मिल्ने नाफा २३ करोड ३८ लाखमा सीमित हुन् पुगेको हो। जसले गर्दा लाभांश क्षमता ६.२१ प्रतिशतबाट घटेर १.३० प्रतिशतमा सीमित भएको छ। 

यस अवधिमा बैंकको आधार दर १० दशमलव ३७ प्रतिशतबाट घटेर ८ दशमलव ४२ प्रतिशतमा झरेको छ। यसले आगामी दिनमा बैंकबाट कर्जा लिँदा ब्याजदर थप सस्तो पर्नेछ। 


प्रकाशित : सोमबार, साउन २१ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend