बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकको नाफामा सामान्य गिरावट हुँदा अन्य सूचक कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
सानिमा बैंकको नाफामा सामान्य गिरावट हुँदा अन्य सूचक कस्तो?

काठमाडौं- सानिमा बैंकको नाफामा सामान्य गिरावट आएको छ। बैंकको गतवर्ष ८.५९ प्रतिशतले नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ६० करोड खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३८ करोडमात्र नाफा गरेको हो।

बैंकको ब्याज आम्दानीमा ४.१० प्रतिशतको गिरावट आइ २० अर्ब ७२ करोडमा सिमित भएको छ भने खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड कायम भएको छ। यस अवधिमा बैंकले नोक्सानी व्यवस्थावापत १ अर्ब ४९ करोड रुपैयाँ प्रोभिजन गरेको छ जुन अघिल्लो आवको भन्दा ४१.९० प्रतिशतले वृद्धि भएको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ हो जसका आधारमा बैंकको लाभांश क्षमता १०.४ प्रतिशत हुन आउँछ। एक वर्षको अवधिमा सानिमा बैंकको निक्षेप १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब २० करोड पुगेको छ भने बैंकले १ वर्षमा कर्जा ९.६७ प्रतिशतले बढेर १ खर्ब ४९ करोड रुपैयाँ कायम भएको छ।

बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड छ भने रिजर्भमा ५ अर्ब ९७ करोड छ, जुन अघिल्लो आवको भन्दा २६.९० प्रतिशतले बढेको हो।

सानिमाको नाफा घट्दा प्रतिसेयर आम्दानी ३.३७ रुपैयाँले घटेर १७.५४ रुपैयाँ कायम भएको छ। यस्तै नेटवर्थ १५४.३५ रुपैयाँ र पीई रेसियो १५.९१ रहेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend