बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो

images
सोमबार, साउन २१ २०८१
images
images
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो

आइतबार घटेको सुनको मूल्य सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी बिन्दुमा पुगेको हो।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५० हजार रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

images
images

लगातार बढिरहेको सुनको मूल्य यो साता आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी मूल्यमा पुगेको हो।

images
images

गएको साता शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४९ हजार ९ सय रूपैयाँ कायम थियो।

images
images

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार सातसय ८५ रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend