शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो

सोमबार, साउन २१ २०८१
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो

आइतबार घटेको सुनको मूल्य सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी बिन्दुमा पुगेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५० हजार रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

लगातार बढिरहेको सुनको मूल्य यो साता आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी मूल्यमा पुगेको हो।

गएको साता शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४९ हजार ९ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार सातसय ८५ रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend