बुधबार, असोज १६ गते २०८१    
images
images

खराब कर्जामा सम्हालिए वाणिज्य बैंक, गतआवको अन्त्यसम्ममा १७.९ प्रतिशतले मात्रै बढ्यो

images
सोमबार, साउन २१ २०८१
images
images
खराब कर्जामा सम्हालिए वाणिज्य बैंक, गतआवको अन्त्यसम्ममा १७.९ प्रतिशतले मात्रै बढ्यो
images
images

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ को विवरणअनुसार खराब कर्जा वाणिज्य बैंकहरूको नियन्त्रणभित्र आएको छ।

images
images
images

अर्थतन्त्रमा देखिएको शिथिलताले असर वाणिज्य बैंकको खराब कर्जामा पर्दै आएको थियो। गत आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा निरन्तररुपमा बढ्दै गएको भएपनि वर्षको अन्तिम त्रैमासमा खराब कर्जा घटेको देखिएको छ। 

आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष ०.५३९ प्रतिशतले बिन्दुले बढेर ३.५४ प्रतिशत कायम भएको छ।

images

गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको खराब कर्जा १७.९७ प्रतिशतले मात्रै बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत रहेको थियो। यस्तै पहिलो त्रैमासमा औषत खराब कर्जा ३.६१ प्रतिशत र दोस्रो त्रैमासमा ३.६३ प्रतिशत रहेको थियो। 

images

गत आर्थिक वर्ष ६ वाणिज्य बैंकहरूले खराब कर्जा घटाउँदै खुद नाफा र अन्य वित्तीय विवरणमा सुधार गरेका छन् भने १४ वाणिज्य बैंकको खराब कर्जा बढेको छ।

npl banks.jpg

गत आर्थिक वर्ष सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। अघिल्लो वर्षको तुलनामा ०.०८ आधार बिन्दुले बढेपनि यस बैंकको खराब कर्जा ०.७९ प्रतिशत मात्रै रहेको छ। 

एभरेष्टपछि सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको रहेको छ। गत आर्थिक वर्ष यस बैंकको खराब कर्जा १.७३ प्रतिशत रहेको छ। यद्यपी अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खराब कर्जा ०.४२ प्रतिशत आधार बिन्दुले बढेको छ। 

सबैभन्दा कम खराब कर्जा हुने तेस्रो स्थानमा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ। अघिल्लो आर्थिक वर्ष १.१८ प्रतिशत खराब कर्जा रहेको यस बैंकको गत आर्थिक वर्ष ०.९६ प्रतिशत आधार बिन्दुले बढ्दै २.१४ प्रतिशत कायम भएको छ। 

यस्तै एसबिआई बैंकको खराब कर्जा ०.४३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २.४३ प्रतिशत खराब कर्जा रहेको यस बैंकको गत आर्थिक वर्ष २ प्रतिशत कायम भएको छ। 

गत आर्थिक कुमारी बैंकनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा समान ४.९५ प्रतिशत प्रतिशत रहेको छ। 

प्रभु बैंकले ०.२० प्रतिशत बिन्दुले खराब कर्जा घटाउँदै गत आर्थिक वर्ष ४.७८ प्रतिशत कायम गरेको छ। 

हिमालयन बैंकले ०.०२ प्रतिशत आधार बिन्दुले खराब कर्जा घटाएर ४.९१ प्रतिशत कायम गरेको छ। 

यस्तै नबिल बैंकको खराब कर्जा ०.४६ प्रतिशत आधार बिन्दुले बढेर ३.८५ प्रतिशत र ग्लोबल आईएमई बैंकको १.२२ प्रतिशत बिन्दुले बढेर ४.३७ प्रतिशत पुगेको छ।

यसैगरी प्राइम कर्मियल बैंकको ४.३७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत, कृषि विकास बैंकको ३..४४ प्रतिशत, एनएमबि बैंकको ३.२७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.४१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, नेपाल बैंक लिमिटेडको ३.२६ प्रतिशत र माछापुच्छ्रे बैंकको ३.६३ प्रतिशत खराब कर्जा कायम भएको छ।

वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा


प्रकाशित : सोमबार, साउन २१ २०८११०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend