बिहीबार , असोज ३ गते २०८१    
images
images

वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा

images
सोमबार, साउन २१ २०८१
images
images
वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा
images
images

काठमाडौं- गत आर्थिक वर्षको विवरणका आधारमा वाणिज्य बैंकहरूले करिब ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरूको नाफा १३.४० प्रतिशतले बढेको छ। 

images
images
images

आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए। गत आर्थिक वर्ष १० वाणिज्य बैंकहरूको नाफा घटेको छ भने १० वाणिज्य बैंकहरूको नाफा बढेको छ। 

गत आर्थिक वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। यस बैंकले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड खुद नाफा गरेका छ। नबिल बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढेको छ।

ग्लोबल आइएमई बैंक ६ अर्ब १ करोड नाफा गर्दै दोस्रो स्थानमा रहेको छ। गत आर्थिक वर्ष यस बैंकको खुद नाफा १०.२३ प्रतिशतले घटेको छ। 
सर्वाधिक नाफा कमाउने बैंकहरूको सूचीमा तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकले ३९ प्रतिशतले नाफा बढाएको छ। 

images

प्रभु बैंकले आफ्नो नाफा १५०० प्रतिशतले बढाउँदै धेरै नाफा कमाउने बैंकहरूको सूचीमा चौथो नम्बरमा पर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २८ करोड खुद नाफामा सीमित भएको यस बैंकले गत आर्थिक वर्ष ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ। 

प्राइम कर्सियल बैंकले गत आर्थिक वर्ष २६७ प्रतिशतको बृद्धिसहित ३ अर्ब ४५ करोड खुद नाफा गरेको छ।

यस्तै कुमारी बैंकले आफ्नो ३४६ प्रतिशतले नाफा बढाउँदै गत आर्थिक वर्ष २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ। 

कृषि विकास बैंकले १७६ प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै लक्ष्मी सनराइज बैंकले ४० प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

गत आर्थिक वर्ष हिमालयन बैंकले ८१ प्रतिशतले बढाउँदै २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ। एभरेष्ट बैंकले १० प्रतिशतले बढाउँदै ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। 

यस्तै नेपाल एसबिआई बैंकको खुद नाफा २.३५ प्रतिशतले बढ्दै २ अर्ब १ करोड कायम भएको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ३ अर्ब ४६ करोड खुद नाफा गरेको यस बैंकले गत वर्ष ३ अर्ब ३० करोड रुपैयाँ मात्रै खुद नाफा गर्न सफल भएको छ।

यस्तै अघिल्लो आर्थिक वर्ष सबैभन्दा धेरै खुद नाफा गरेको एनआईसी एसिया बैंकको नाफा गत आर्थिक वर्षमा ६८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ४४ करोड खुद नाफा गरेको यस बैंक गत आर्थिक वर्ष १ अर्ब ३८ करोडमा सीमित भएको छ। 

नेपाल बैंक लिमिटेडको नाफा गत आर्थिक वर्ष ५२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४३ करोड खुद नाफा गरेको यो बैंक १ अर्ब ६६ करोडमा सीमित भएको छ। 

एनएमबि बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २७.४९ प्रतिशतले घट्दै २ अर्ब ३३ करोडमा सिमित भएको छ। सिटिजन्स बैंकको नाफा २७.९७ प्रतिशतले नाफा घटेको छ। अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड खुद नाफा गरेको छ।

सानिमा बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५९ प्रतिशतले घटेको छ। यस बैंकले गत आर्थिक वर्ष २ अर्ब ३८ करोड नाफा गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ३ अर्ब ३९ करोड खुद नाफा गरेको छ। यस बैंकको पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.४८ प्रतिशतले नाफा घटेको छ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ४.५१ प्रतिशतले घटेको छ। 

माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ। गत आर्थिक वर्ष यस बैंकले १ अर्ब २५ करोड खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा २३ प्रतिशतले घटेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend