बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २८ करोड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २८ करोड

काठमाडौं- लक्ष्मी सनराइज बैंकले गतवर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९४.६६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसाबाट बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

 

 


प्रकाशित : सोमबार, साउन २१ २०८१०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend