बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कृषि विकास बैंकको नाफामा छलाङ, लाभांश क्षमता कति?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
कृषि विकास बैंकको नाफामा छलाङ, लाभांश क्षमता कति?

काठमाडौं- कृषि विकास बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा खुम्चिएर १ अर्ब ३२ करोडमा सीमित थियो। गतवर्ष बैंकले खुद नाफा १७६ प्रतिशतले बढाएको छ।

बैंकले १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो। 

समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ। 

अघिल्लो वर्ष ७.४२ प्रतिशतमा सीमित प्रतिसेयर आम्दानी २३३.५५ प्रतिशतले वृद्धि भइ २४.७५ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ। यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो। 

यस्तै, समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ। कर्जातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशतको ग्रोथ गरेको देखिन्छ। अघिल्लो वर्ष २.७८ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.४४ प्रतिशत पुगेको छ।  



प्रकाशित : सोमबार, साउन २१ २०८१०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend