बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
images
हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- हिमालयन बैंकले खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८२ प्रतिशतले बढेको हो। यो नाफा अघिल्लो आवमा गरेको १ अर्ब ५६ करोडभन्दा १ अर्ब २७ करोड बढी हो।

images
images
images

बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.२८ प्रतिशतले बढेर ३५ अर्ब ५८ करोड र खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले वृद्धि भइ ११ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा ६७.४३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ।

images
images

बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी २ खर्ब ३२ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्तापुँजी ६१ अर्ब ६६ करोड र जगेडा कोषमा २२ अर्ब ४४ करोड छ। रिजर्भको रकम ४७.४७ प्रतिशतले बढेको हो।

images
images

गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ, नेटवर्थ १७६.९० रुपैयाँ र पीई रेसियो १५.५८ छ। यस अवधिमा हिमालयनको निष्क्रिय कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत कायम भएको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend