बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति?

काठमाडौं- हिमालयन बैंकले खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८२ प्रतिशतले बढेको हो। यो नाफा अघिल्लो आवमा गरेको १ अर्ब ५६ करोडभन्दा १ अर्ब २७ करोड बढी हो।

बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.२८ प्रतिशतले बढेर ३५ अर्ब ५८ करोड र खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले वृद्धि भइ ११ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा ६७.४३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ।

बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी २ खर्ब ३२ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्तापुँजी ६१ अर्ब ६६ करोड र जगेडा कोषमा २२ अर्ब ४४ करोड छ। रिजर्भको रकम ४७.४७ प्रतिशतले बढेको हो।

गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ, नेटवर्थ १७६.९० रुपैयाँ र पीई रेसियो १५.५८ छ। यस अवधिमा हिमालयनको निष्क्रिय कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत कायम भएको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend