काठमाडौं- एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष १ अर्ब ३८ करोड खुद नाफा गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा ६८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ४ अर्ब २९ करोड खुद नाफा गरेको थियो।
बैंकको खराब कर्जामा भएको वृद्धि र कर्जा विस्तार सुस्त रहँदा नाफामा कमी देखिएको हो। यस बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोडले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँले ऋणात्मक रहेको थियो।
अघिल्लो आर्थिक वर्ष ०.८८ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्ष ३.४१ प्रतिशत कायम भएको छ।