बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्‍यो ५ अर्ब १९ करोड खुद नाफा, अन्य सूचक कस्तो?

सोमबार, साउन २१ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्‍यो ५ अर्ब १९ करोड खुद नाफा, अन्य सूचक कस्तो?

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष ५ अर्ब १९ करोड खुद नाफा गरेको छ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४१ करोड सञ्चित नाफा रहेकाले गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। 

बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १०.०५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा गत आर्थिक वर्ष बढेको छ। 
अघिल्लो आर्थिक वर्ष ४.५४ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्ष बढेर ४.९५ प्रतिशत पुगको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी बढेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३० करोड रहेकोमा गत आर्थिक वर्ष १५ अर्ब कायम भएको छ। 

यस्तै बैंकको इम्पियरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षकै हाराहारीमा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। 

खराब कर्जामा भएको बृद्धिले इम्पियरमेन्ट चार्ज घटाएर नाफा बढाउन नसकेको र अघिल्लो आर्थिक वर्षको सञ्चित नोक्सानीले वितरणयोग्य नाफा ऋणात्मक हुँदा यस बैंकका लगानीकर्ता लाभांशबाट बञ्चित हुने भएका छन्। 


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend