बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, सबै सूचकमा उल्लेख्य सुधार

सोमबार, साउन २१ २०८१
प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड, सबै सूचकमा उल्लेख्य सुधार

काठमाडौं- प्रभु बैंक लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। बैंकको अघिल्लो आर्थिक वर्ष २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा भएको थियो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।

 

 


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend