बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्राइम कमर्सियल बैंकको नाफा २७६.२९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफामा छलाङ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २१ २०८१
प्राइम कमर्सियल बैंकको नाफा २७६.२९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफामा छलाङ

काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २७६.२९ प्रतिशतले नाफा बढाएको छ। बैंकले गतवर्ष ३ अर्ब ७७ करोड नाफा कमाएको हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २ करोडमात्रै रहेको थियो। 

बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१.४५ प्रतिशत बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend