बुधबार, असोज १६ गते २०८१    
images
images

एभरेष्ट बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड

images
सोमबार, साउन २१ २०८१
images
images
एभरेष्ट बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड
images
images

काठमाडौं- एभरेष्ट बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष यस बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ३ अर्ब ३६ करोड खुद नाफा गरेको थियो।

images
images
images

गत आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। यस बैंकले लगानीकर्तालाई २९.९ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता रहेको छ। 

गत आर्थिक वर्ष यस बैंकको खराब कर्जा ०.०८ प्रतिशत आधार बिन्दुले मात्रै बढेको छ। अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा यस बैंकको गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ। 

images

यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत वर्ष ७७ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष घटेर २८ करोड कायम भएको छ। 

images


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend