बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एभरेष्ट बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड

सोमबार, साउन २१ २०८१
एभरेष्ट बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड

काठमाडौं- एभरेष्ट बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष यस बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ३ अर्ब ३६ करोड खुद नाफा गरेको थियो।

गत आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। यस बैंकले लगानीकर्तालाई २९.९ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता रहेको छ। 

गत आर्थिक वर्ष यस बैंकको खराब कर्जा ०.०८ प्रतिशत आधार बिन्दुले मात्रै बढेको छ। अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा यस बैंकको गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ। 

यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत वर्ष ७७ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष घटेर २८ करोड कायम भएको छ। 


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend