बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नबिल बैंकले गर्‍यो ७ अर्ब ६ करोड खुद नाफा, लाभांश क्षमता कति?

सोमबार, साउन २१ २०८१
नबिल बैंकले गर्‍यो ७ अर्ब ६ करोड खुद नाफा, लाभांश क्षमता कति?

काठमाडौं- नबिल बैंकले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसअघिको आर्थिक वर्ष यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा १०.३१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष बैंकको खराब कर्जा ३.८५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा ३.३९ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा बढेको छ। गत आर्थिक वर्षक बैंकको यस्तो नाफा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

नबिल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.२६ प्रतिशत लाभांश दिने क्षमता रहेको छ।

यस अवधिमा बैंकले ४६ अर्ब ३० करोड ब्याज आम्दानी गरेर ३० अर्ब रुपैयाँ ब्याज खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ।

अघिल्लो आर्थिक वर्ष १७ अर्ब ७४ करोड ब्याज आम्दानी रहेको नविल बैंकको गत आर्थिक वर्ष १६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend