बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंकको खुद नाफा ३४६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

सोमबार, साउन २१ २०८१
कुमारी बैंकको खुद नाफा ३४६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं- कुमारी बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकले आफ्नो नाफा ३४६ प्रतिशतले बढाएको छ। 

गत वर्षको यसै अवधिमा कुमारी बैंकले करिब ५१ करोड रुपैयाँमात्रै नाफा गरेको थियो।

गत आर्थिक वर्षको तेस्रो क्वाटरसम्म वितरणयोग्य नाफाको उच्च दबाब रहेको यस बैंकले चौथो क्वाटरमा आएर केही सुधार गरेको छ। गत वर्षको चौथो क्वाटरमा यस बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

अघिल्लो आर्थिकको तुलनामा यस बैंकको खुद ब्याज आम्दानी घटेको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ११ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेकोमा यस बैंकले गत आर्थिक वर्ष १० अर्ब ९६ करोड रुपैयाँमात्रै खुद नाफा गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकले गत आर्थिक वर्ष इम्पियरमेन्ट चार्जमा उल्लेखिय सुधार गरेको छ। अघिल्लो आर्थिक वर्ष ८ अर्ब ११ करोड रहेकोमा इम्पियरमेन्ट चार्ज गत आर्थिक वर्ष बढेर ३ अर्ब ५६ करोडमा सीमित भएको छ। 

गत आर्थिक वर्ष यस बैंकले १ अर्ब ७२ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ। गत वर्ष बैंकले नाफामा उल्लेखिय सुधार गरेपनि अघिल्लो आर्थिक वर्षको सञ्चित नोक्सानीका कारण वितरणयोग्य नाफा करिब ३ अर्ब ७९ करोडले ऋणात्मक रहेको छ। 

वितरणयोग्य नाफा ऋणात्मक रहेकाले गत आर्थिक वर्षको सुरुवातबाटै प्राथमिक पुँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र कायम राख्न असक्षम हुँदै आएको छ। ऋणात्मक वितरणयोग्य नाफाका कारण यस बैंकले गत वर्षको चौथो त्रैमासमा पनि यस बैंकले पुँजीकोष पुर्याउन नसक्ने सम्भावना बढेको छ।


प्रकाशित : सोमबार, साउन २१ २०८१०५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend