बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

व्यवस्थापनको लापरबाहीले अनिश्चितकालका लागि निगमको आन्तरिक उडान ठप्प, दुईवटै ट्‍वीनअटर ग्राउन्डेड

निगमकै खर्चमा कार्यकारी अध्यक्ष अधिकारी श्रीमतीसँगै अष्ट्रेलिया घुमघाममा

images
आइतबार, साउन २० २०८१
images
images
व्यवस्थापनको लापरबाहीले अनिश्चितकालका लागि निगमको आन्तरिक उडान ठप्प, दुईवटै ट्‍वीनअटर ग्राउन्डेड
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ। निगमले आन्तरिक उडानमा दुईवटा ट्‍वीनअटर जहाज प्रयोग गर्दै आएको थियो।

images
images

साउन १८ गतेदेखि निगमको आन्तरिक उडान ठप्प छ। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी जहाज उडानका लागि आवश्यक तयारीको काम गर्नुपर्ने बेलामा अहिले नै उडान सम्भव नभएको अष्ट्रेलिया उडानको नाटक मञ्चन गर्दै अष्ट्रेलिया भ्रमणमा छन्। 

images
images

कार्यकारी अध्यक्ष अधिकारी श्रीमतीसहित निगमकै खर्चमा अष्ट्रेलिया भ्रमणमा छन्। तर यता निगमको आन्तरिक उडान भने ठप्प भएको छ।  

images
images

निगमको दुईवटा ट्‍वीनअटर जहाजमध्ये एउटा जेठ २३ गतेदेखि ग्राउन्डेड थियो। निगमको कल साइन नाइन एन एबीटी जेठ २३ गतेदेखि इन्जिन मर्मतको काम नहुँदा ग्राउन्डेड छ। जहाजको दुईवटै इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा ग्राउन्डेड छ।

इन्जिन मर्मतका लागि कम्पनी छनोट प्रक्रिया अझै सुरु भएको छ। यसैगरी नयाँ इन्जिन खरिद तथा भाडामा लिने प्रक्रिया पनि भएको छैन। इन्जिन मर्मत प्रक्रिया तथा भाडामा लिने प्रक्रिया तत्काल नै सुरु गरेपनि सबै प्रक्रिया पूरा गर्न तीन महिनाभन्दा बढी समय लाग्छ। जसका कारण यो ट्‍वीनअटर दसैँमा पनि उडानमा फर्कन सक्ने अवस्था नभएको निगम स्रोतको दाबी छ।

यसैगरी अर्को ट्‍वीनअटर नाइन एन एबीयू यही साउन १८ गते शुक्रबारदेखि ग्राउन्डेड छ। जहाजको वार्षिक मर्मतका लागि ग्राउन्डेड भएको छ। वार्षिक मर्मत १० दिनमा सक्ने लक्ष्यसहित ग्राउन्डेड भएको छ।

१० दिनपछि यो जहाज उडानमा आएपनि त्यसपछि अधिकत २० दिनभन्दा बढी उडानमा जान सक्दैन। यो जहाजको इन्जिनको उडान आवर तथा साइकल थोरै घण्टामात्रै बाँकी छ। यो जहाजको पनि इन्जिन मर्मत गर्नुपर्ने हुन्छ।

जेठमै ग्राउन्डेड भएको नाइन एन एबीटीको इन्जिन मर्मतका लागि त कुनै प्रक्रिया सुरु नभएका कारण अर्को जहाज पनि अनिश्चित कालका लागि ग्राउन्डेड हुने निश्चित भएको छ।

यस्तोमा कार्यकारी अध्यक्ष अधिकारी उडान नै सम्भव नभएको अष्ट्रेलियामा उडान गर्ने भन्दै गफ दिँदै हिँडेका छन्। अष्ट्रेलिया उडानका लागि अझै पनि अष्ट्रेलियाको नियकाम निकायबाट अनुमति भएको छैन। अहिलेको भ्रमणमा पनि सामान्य छलफल मात्रै भएको र उडान अनुमति दिने सम्भावन नरहेको भ्रमण दलकै एक प्रतिनिधिले बताए। 

अष्ट्रेलिया उडानका लागि इन्धन भर्न स्टप लिने भनेर सिंगापुरलाई राखिएको थियो। तर सिंगपुरले स्टप नदिने भइसकेको छ।

कार्यकारी अध्यक्ष अष्ट्रेलिया भ्रमणमा रमाइरहँदा यता सरकारी स्वामित्वको निगमको आन्तरिक उडान ठप्प भइसकेको छ। चाडपर्वको समयमा हुने यात्रुको यात्रामात्रै नभएर अहिले उद्दार उडानमा समेत सरकारले निगमको साथ नपाउने भएको छ।


प्रकाशित : आइतबार, साउन २० २०८११९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend