शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, साउन २० २०८१
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार सातसय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- गएको शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आइतबार ओरालो लागेको छ।

नेपाली बजारमा गत शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको हो।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आइतबार घटेको छ। 

चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार सातसय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, साउन २० २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend