बुधबार, असोज १६ गते २०८१    
images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी कति?

images
आइतबार, साउन २० २०८१
images
images
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो।

images
images
images

बैंकको विवरणअनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

images

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

images

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रकाशित : आइतबार, साउन २० २०८११०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend