शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

टाटाका विद्युतीय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपक्तीमा रहेका छन्।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ। 

सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको वेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन्। 

अब टाटा टियागो ईभी, नेक्सन ईभी, टिगोर ईभी र नेपालमा बहुप्रतिक्षित टाटा पन्च ईभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ। सहज र झन्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ। 

टाटाका विद्युतीय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपक्तीमा रहेका छन्। टाटा टियागो ईभी सहरी यात्राका लागि निक्कै उपयोगी भएकाले पनि कामकाजीहरुका पहिलो रोजाइमा परेको हो। 

पूर्णआकारको पाँच ढोके ह्याचब्याक कार भएकाले टियागो ईभी नेपाली उपभोक्तामा लोकप्रिय बनेको छ। तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुनुपनि टियागो ईभी धेरैको रोजाइमा पर्नुको अर्को कारण हो।

त्यसैगरी प्योर ईभी प्लेटफर्ममा बनेको पन्च ईभीको पर्खाइमा धेरै नेपाली उपभोक्ता छन्। सिप्रदीले पन्च ईभी परीक्षणका लागि नेपाल ल्याइसकेको छ। कम्पनीले भदौ १३ गतेदेखि हुने नाडा अटो शो २०२४ मा पन्च ईभी सार्वजनिक गरेर बिक्री सुरु गर्ने तयारी गरेको छ।

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ। 

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ। दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। 


प्रकाशित : शुक्रबार, साउन १८ २०८११६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend